Logo
१२ बैशाख २०८१, बुधबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु

प्रदेश नं २ को राजधानीका लागि मतदान प्रक्रिया सुरु भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका मतदान सुरु गराएका हुन् ।

प्रदेश २ को राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र वीरगन्जलाई राजधानी बनाउने प्रस्ताव पेस गरेको छ ।

अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति छ र यसमा सर्वसहमति जस्तै छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो ।

तर, बारा-पर्साका सांसदहरुले राजधानी वीरगन्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।सभामा बोल्दै सांसद रमेशप्रसाद कुरुङले वीरगन्जकै आन्दोलनले मधेस आन्दोलन भएको भन्दै वीरगन्जलाई राजधानी बनाइनुपर्ने बताएका थिए ।

तर, अन्य अधिकांश सांसदले जनकपुरलाई नै राजधानी बनाइनुपर्ने बताएका छन् ।प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ ।

मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् । यसको दुई तिहाइ ७० हुन आउँछ ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्