Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री झाँक्रीद्वारा सय दिनको कार्यप्रगति विवरण सार्वजनिक

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार एक सय दिन कार्यकालको समीक्षा सार्वजनिक गरेकी छन् ।मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले कार्यभार सम्हालेपछिका सयदिन कार्यकालको ३७ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेकी हुन् ।
उनले नीतिगत व्यवस्थापन, विभिन्न आयोजना र कार्यक्रममा भएको काम पनि सार्वजनिक गरेकी छन् ।

कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयको कुल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ ३५ र पुँजीगततर्फ १७ प्रतिशत खर्च भएको कार्यक्रममा जानकारी दिइकी छन् । ६ महिनामा मन्त्रालयको समग्र प्रगति १८ दशमलव ९१ प्रतिशत छ ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्