Logo
८ बैशाख २०८१, शनिबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाेटाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

प्रदेश नं १ स्थित खोटाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गएको बिहिवार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् । शिक्षक पोखरेलमाथि भदौ ९ यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग छ ।

पोखरेललाई जिल्ला अदालतबाट आइतवार ७ दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्