Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेको सचिवालयले उनलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो ।

यसै गरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केही दिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको छ । कोरोना संक्रमण बढेसँगै विभिन्न दलका नेता कार्यकर्ता धमाधम कोरोना संक्रमित भइरहेका छन ।

पछिल्लो स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी रहेको छ ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्