Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताएका छन् ।

समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताएका हुन् ।

बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै उनले तत्काललाई समस्या टरेको बताए । उनका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको छ ।

शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताए । मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताए ।

पत्रकार सम्मेलनमा उनले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएको बताए ।खोप लगाउन जनता नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

खोपका लागि गाउँ टोलमा टोली खटिने उनले बताए । ८० प्रतिशतलाई पहिलो डोज र करीब ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएको उनले बताए ।

पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने उनले बताए ।उनले दुवै डोज खोप लगाएकाहरूलाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन आग्रह गरे ।साथै खतिवडाले मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका छन् ।

 

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्