Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बेलायतमा आइसोलेसनको समय पाँच दिन मात्र

बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ ।यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् ।

उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो । पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् ।

 

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्