Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक जारी

निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ ।स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा बसीरहेको छ ।

बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।

त्यस्तै नेपाली काँग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा ९माओवादी केन्द्र० बाट लीलामणि पोखरेललगायतका नेता छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी लगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी रहेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् ।

नेपाली जनता दलबाट हरिचरण साह, नेपाल सङ्घीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्