Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटामा टिपर दुर्घटना हुँदा चालक र परिचालकको मृत्यु

प्रदेश नं १ स्थित धनकुटाको धनकुटा नगरपालिका २ नागढुङ्गामा आज (शुक्रबार) बिहान टिपर दुर्घटनामा परी चालक र परिचालकको मृत्यु भएको छ ।

टिपर चालक प्युठानको माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी हिलेले जनाएको छ ।

धनकुटाबाट वसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३-००१ क ०५४९ नम्बरको टिपर आज बिहान पौने ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

सो दुर्घटनामा चालक र परिचालकको च्यापिएर मृत्यु भएको हो ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्