Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

राष्ट्रपति जो बाइडेनको अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने प्रयासमा धक्का लागेको छ ।

ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो ।

ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले जारी गर्नुभएको थियो ।

तर, अमेरिकाको सर्वोच्च अदालतले यो आदेश खारेज गरिदिएको छ ।राष्ट्रपतिले आफ्नो क्षेत्राअधिकार बाहिर गएर आदेश दिएको ठहर गर्दै अदालतले उक्त आदेश खारेज गरिदिएको हो ।

बरु अदालतले सरकारी लगानीमा संचालित स्वास्थ्य कार्यालयहरुमा भने कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्न सकिने सिमित आदेश दिएको छ ।

अदालतको आदेशले अमेरिकामा कोरोना नियन्त्रणमा गरिएका निस्वार्थ प्रयासमा बाधा पुगेको राष्ट्रपति बाइडेनको प्रतिक्रिया छ ।

प्रकाशित मिति: Jan 14, 2022

प्रतिक्रिया दिनुहोस्