Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीवार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
सो साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्