Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक वनका समस्या समाधान गर्न प्रदेश सरकार तयार छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार आयोजना गरेको रजत जयन्ती कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आगामी दिनमा सामुदायिक वनका समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताए ।

“सामुदायिक वनमा विभिन्न खालका समस्या छन्”, उनले भने, “ती समस्या समाधानका लागि प्रदेश सरकारले विशेष पहल र बजेटको व्यवस्था गर्छ ।” प्रदेशका सामुदायिक वनका समस्या समाधानमा आफू अग्रसर रहने उनले प्रतिबद्धता जनाए ।

स्तन क्यान्सर भएका महिलाको उपचार खर्च सरकारले बेहोर्ने, कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार दिने, अभिभावक गुमाएका बालबालिकालाई प्रतिमहिना  पाँच हजार पढाइ खर्च दिने, बेसहारालाई मानवसेवा आश्रममा राख्नेलगायत कार्यक्रम प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्