Logo
९ जेष्ठ २०८१, बुधबार
(January 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाडे

अफगानिस्तानमा तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा छाडेका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार हाल अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् ।

करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएपछि जीविकोपार्जनका लागि अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।

‘लोकतान्त्रिक सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा ६ वटा रेडियो स्टेसनहरू बन्द भएका छन् । तीमध्ये ५ वटा आर्थिक समस्याका कारण बन्द भएका हुन् भने अर्को एउटामा कर्मचारी अभाव भएको हो,’ पूर्वी अफगानिस्तानस्थित पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरिफीले भने ।

यद्यपि, ९१ प्रतिशत पत्रकार भने आफ्नो पेसाप्रति सन्तुष्ट रहेका फाउन्डेसनको अध्ययनले देखाएको छ । उक्त अध्ययन ४ सय ६२ पत्रकारले समावेश गरिएको थियो ।

तीमध्ये ३ सय ९० जना पुरुष र ७२ जना महिला थिए । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया बन्द भएका जनाइएको छ ।

सर्वेक्षणअनुसार देशभर २ सय ३१ सञ्चारमाध्यम बन्द भएका र ६ हजार ४ सयभन्दा बढी पत्रकारले अगस्ट १५ यता जागिर गुमाएका छन् ।

 

प्रकाशित मिति: Jan 12, 2022

प्रतिक्रिया दिनुहोस्