Logo
१५ चैत्र २०८०, बिहीबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुर्कमेनिस्तानका राष्ट्रपतिले ‘नर्कको ढोका’ निभाउने भनेपछि …!

तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा ‘नर्कको ढोका’ अर्थात् ‘गेटवे टू हेल’ निभाउने आदेश दिएका छन् ।  तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको ढोका भनिन्छ ।

तुर्कमेनिस्तानको ७० प्रतिशत हिस्सामा काराकुम मरभूमि छ । ३।५ लाख वर्ग किलोमीटरको यो मरभूमिको उत्तरतर्फ गेट क्रेटर नामको ठूलो खाडल छ ।

६९ मीटर फराकिलो र ३० मीटर गहिरो यो खाडलमा विगत कैयौँ दशकदेखि आगो बलिरहेको छ । तर यसको कारण कुनै ‘शैतान’ होइन । यहाँको प्राकृतिक ग्यास मिथेनले गर्दा यहाँ लगातार आगो बलिरहेको हो ।

राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोभले यसलाई पर्यावरण र स्वास्थ्यका कारण साथै ग्यास निर्यात बढाउने प्रयासको रुपमा हेरिदिन इच्छा व्यक्त गरे ।

कहिले बन्यो खाडल

धेरै मानिसको मान्यता अनुसार  सन् १९७१ मा सोभियत संघका भूू-वैज्ञानिक काराकुमले मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेका थिए । यहाँ एक स्थानमा उनले प्राकृतिक ग्यासको भण्डार भेटे । तर, खोजीको समयमा त्यहाँको जमिन भासियो र त्यहाँ तीन ठूला ठूला खाडल बने ।

यी खाडलबाट मिथेन चुहिने खतरा थियो । जुन वायुमण्डलमा घुलिन सक्थ्यो । एक सिद्धान्तका अनुसार यसलाई रोक्न भ–ूवैज्ञानिकले ती मध्ये एकमा आगो लगाइदिए । त्यतिबेला उनीहरुले केही सातापछि मिथेन सकिन्छ र आगो पनि आफै निभ्छ भन्ने विश्वास लिएका थिए ।

तर क्यानडाका अनुसन्धाता जर्ज कोरोनिस भन्छन्, ‘यो कहानीमाथि विश्वास गर्न यसको पक्षमा कुनै पक्का दस्तावेज भेटिएको छैन ।’

सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि बनाइएको एक कार्यक्रमको अवधिमा एक खोज दल तुर्कमेनिस्तानको उक्त इलाकामा पुगेका थिए ।

जर्ज कोरोनिस यो दलका सदस्य थिए । यो खाडलमा लगातार बलिरहने आगो वास्तवमा कहिलेबाट सुरु भयो भन्नेबारे उनले जान्ने कोसिस गरिरहेका थिए ।

तर उनको अनुसन्धानले उनको प्रश्नको पूरा जवाफ दिनुको साटो थप प्रश्न निम्त्याएके थियो । तुुर्कमेनिस्तानको भूू-वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा १९६० को दशकमा बनेको थियो । तर १९८० को दशकमा यसमा आगो लागेको थियो ।

गोपनियताः

इतिहासका जेरोनिम पेरोपिक भन्छन्, ‘‘नर्कको ढोका’ को विषयमा जुन रहस्य छ, त्यो बिल्कुल तार्किक छ ।’

जेरोनिमले बीबीसँग भनेका थिए, ‘सोभियत संघका बेला काम कसरी हुन्थ्यो भन्ने कुरालाई यसले इशारा गर्छ । त्यतिबेला ती अभियानको जानकारी मात्रै सार्वजजिक गरिन्थ्यो जुन सफल हुन्थे तर असफल अभियानबारे केही जानकारी दिइँदैनथ्यो । यदि स्थानीयले केही गलत गरेका छन् भने यसबारे अरुलाई थाहा होस् भनेर उनीहरु चाहँदैनथे ।’

आगोको यो खाडल मरुभूमिको बीचमा थियो त्यसैले यसले जन–धनको क्षती हुने कुनै डर थिएन र यसको असर पनि शूल्य बराबर नै थियो ।

जानकारका अनुसार त्यतिबेला सोभियत संघसँग प्राकृतिक ग्यास वा इन्धनको कुनै कमी थिएन, उनीहरुले हरेक वर्ष सात लाख क्यूबिक मिटर प्राकृति ग्यासको उत्पादन गर्ने गर्दथे । यस्तोमा ग्यासलाई बालेरै नष्ट गरिदिनु उनीहरुका लागि व्यवहारिक विकल्प भएको हुनसक्ने सम्भावना छ ।

उनी भन्छन्, ‘स्विटजरल्याण्डजस्तो देश हरेक वर्ष १५ हजारदेखि १६ हजार क्यूबिक मिटर प्राकृतिक ग्यास प्रयोग गर्दथ्यो तर यसको चार गुणा बालेर नष्ट गर्नु सोभियतका लागि ठूलो कुरा थिएन । यसलाई तर्कसंगत रुपमा सोचेर यसलाई पाइपलाइनमा राखेर अन्य स्थानमा लैजानुको साटो यसलाई बाल्ने निर्णय लिइएको हुनुपर्छ । प्राकृतिक ग्यासलाई अन्य स्थानमा लैजानका लागि यहाँ ठूलो परिमाणमा निर्माण कार्य गर्नुपर्दथ्यो ।’

कोरोनिसको खोजी दलमा समावेश माइक्रोबायोलोजिस्ट स्टिफन ग्रीन भन्छन्, ‘मिथेनलाई अनियन्त्रित तरिकाले पर्यावरणमा घोलिन दिनु गलत विचार हो’ र यसलाई बाल्ने निर्णयलाई बुझ्न सकिन्छ ।’

‘यो असाध्यै खतरनाक हुन सक्थ्यो । किनभने जबसम्म आगो बलिरहन्छ मिथेन एउटै स्थानमा जम्मा हुने छैन । नभए यहाँ समय समयमा ठूलो बिस्फोट हुने खतरा हुनसक्थ्यो ।’

यो स्थान तुर्कमेनिस्टानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षणमध्ये एक हो ।तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो एक टेलिभिजन अन्तरवार्तामा भने, ‘हामी आफ्नो मूल्यवान प्राकृतिक स्रोत साधन गुमाइरहेको छ जसका कारण हामीले लाभ प्राप्त गर्न सक्छौँ । साथै, आफ्ना जनाताको भलाईमा यसको प्रयोग गर्न सक्नेछौँ ।’

उनले अधिकारीलाई आगो निभाउनका लागि प्रभावकारी उपाय खोज्न निर्देशन दिएका छन् ।यसअघि पनि आगो निभाउने थुप्रै कोसिस गरिइसकेको छ ।

यसअघि सन् २०१० मा पनि राष्ट्रपतिले विशेषज्ञलाई आषे निभाउनका लागि उपाय खोज्न आदेश दिएका थिए ।यद्यपि, त्यसपछि सन् २०१८ मा राष्ट्रपतिले आधिकारिक रुपमा यसको नाम फेरेर ‘साइनिङ अफ काराकुम’ राखेका थिए ।

हरेक वर्ष करिब ६ हजार पर्यटक आउने यो देशका लागि मिथेन निकाल्ने यो खाडल देशको सबैभन्दा ठूलो पर्यटन स्थानमध्ये एक बनिसकेको छ । रातोपाटी

 

 

 

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्