Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मार्ट लकडाउनबारे छलफल गर्न आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरुको बैठक

कोरोना संक्रमण दर बढेसँगै स्मार्ट लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका छन् ।

सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौं ।’

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

 

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्