Logo
२७ असार २०८२, शुक्रबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा असिना पानीले हिउँदेबाली नष्ट गरेपछि किसान चिन्तित

गण्डकी प्रदेश स्थित म्याग्दीका विभिन्न ठाउँमा हिजो (सोमबार) बेलुका असिना पानी परेको छ । बेनी नगरपालिका-३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिकाको झाँक्रेपानी, धापुङलगायतका ठाउँमा हिजो बेलुका असिना परेको हो ।

असिनाले हिउँदेबाली गहुँ र जौ तथा सुन्तलाका फलमा समेत क्षति गरेको स्थानीयले बताएका छन् । असिनाले हिउँदेबाली नष्ट गरेपछि किसान चिन्तित भएका छन् ।

हिउँ पर्ने बेला असिना पर्नु अनौठो भएको किसानले बताएका छन् ।क्षतिको विवरण सङ्कलन गरी राहतको व्यवस्था गर्न किसानले पालिका र कृषि ज्ञानकेन्द्रसँग माग गरेका छन् ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्