Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारकी नेतृ सुचीलाई थप चार वर्ष जेल सजाय

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेल सजाय सुनाइएको छ ।यसअघि सुचीमाथि लगाइएको चार वटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले उनलाई थप चार वर्ष जेल सजाय सुनाएको हो ।

उनलाई बिना लाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

गत महिना उनलाई कोभिड(१९ को मापदण्ड उल्लङ्घन गरेको आरोपमा चार वर्ष जेल सजाय सुनाइएको थियो । पछि म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले दुई वर्ष सजाय घटाएर दुई वर्ष मात्र जेल सजाय तोकिएको थियो ।

सैन्य ‘कु’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।

उनीमाथि दर्जनभन्दा बढी आरोपहरू लागेका छन् । सुचीले भने ती सबै आरोपहरू कपोकल्पित भएको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएकी छन् ।

प्रकाशित मिति: Jan 10, 2022

प्रतिक्रिया दिनुहोस्