Logo
११ बैशाख २०८१, मंगलबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि माघ १५ सम्म विद्यालय बन्द, सिनेमा हल र होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

कोरोना संक्रमण बढेपछि आजदेखि माघ १५ सम्म विद्यालय बन्द हुने भएको छ ।

कोरोना संक्रमण रोकथामका लागि बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै लागू हुने जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: Jan 10, 2022

प्रतिक्रिया दिनुहोस्