Logo
१२ बैशाख २०८१, बुधबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ : रेणु दाहाल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छन् ।

धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने मेयर दाहालले बताइन्।

धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने उनले बताइन्।

न्यूज एजेन्सी नेपालसँग कुरा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।

 

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्