Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको एक भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् ।

आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाइ भएको उद्धार अधिकारीले बताएका छन् ।सूचना ढिलो गरी प्राप्त भएको र उद्धार टोली घटनास्थलमा पुग्दा आगो भवनभित्र फैलिइसकेकोले ठुलो मानवीय क्षति भएको फिलाडेफियाको स्थानीय प्रशासनले बताएको छ ।

विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमानपछि थप अनुसन्धान सुरु भइसकेको छ । आगलागीका कारण भवनको अधिकांश भागमा क्षति भएको छ ।

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्