Logo
१६ बैशाख २०८१, आईतबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका अधिकांश भागमा आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ ।आज बिहानैदेखि आंशिकदेखि सामान्य बदली रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्