Logo
१५ बैशाख २०८१, शनिबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आइपुगे बीएमडब्ल्युका यी मोडलका मोटरसाइकल !

नेपालका लागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारिक वितरक हिमालयन मोटरार्ड अन्तर्गतको टर्क मोटर्स ट्रेडिङले बीएस६ भर्सनका जी ३१० आर र जी ३१० जीएस मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ ।

केही महिना पहिले देखि नै बुकिङ खुल्ला गरेको भए पनि अब भने यो बजारमा उपलब्ध भएको हो । यो भन्दा पहिले बीएस४ भर्सनमा उपलब्ध मोटरसाइकल समेत नेपाली बजारमा लोकप्रिय रहेका थिए ।

बीएस६ भर्सनमा पहिले भन्दा थप फिचरको रुपमा इन्टिग्रेटेड डीआरएल, एलईडी हेडलाइट, साइड इन्डिकेटर, राइड बाई वायर, कस्मेटिक अपडेट, एड्जस्टेबल लिभर र फुल डिजिटल डिस्प्ले आदि विशेषता रहेका छन् ।

दुवै मोटरसाइकलमा ३१३ सीसी वाटरकुल्ड, सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ, जसले ३४ पीएस पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

१४३ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको मोटरसाइकलमा ११ लिटरको इन्धन ट्यांकी छ ।नेपाली बजारमा यी मोटरसाइकल विभिन्न तीन तीन कलर भेरिएन्टमा रहेका छन् ।

बीएमडब्ल्यु जी ३१० आर कस्मिक ब्ल्याकको मूल्य १३ लाख ५० हजार र स्टाइल प्यासन तथा स्टाइल स्पोर्टको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी बीएमडब्ल्यु जी ३१० जीएस पोलार ह्वाइटको मूल्य १४ लाख ५० हजार र ट्रिपल ब्ल्याक तथा (यालीको मूल्य १४ लाख ७५ हजार रुपैयाँ रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्