Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भायनेटले ल्यायो ५० हजार रुपैयाँको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना !

भायानेट इन्टरनेट सेवा प्रदायक कम्पनीले ५० हजार रुपैयाँ पुरस्कार रासीको ‘अल्ट्राफाइ टिकटक च्यालेन्ज’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै सबै उमेर समूहले सहभागी जनाउन मिल्ने गरी च्यालेन्ज ल्याएको हो ।प्रतियोगितामा सहभागी हुन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक एकाउन्टमा भएको आवाज ट्र्याक गर्नुपर्ने छ ।

आवाज ट्र्याक गरेर अपलोड गरेको भिडियोले मात्रै च्यालेन्जमा प्रतिस्पर्धा गर्न सक्छ ।कम्पनीको यो प्रतियोगिता फेब्रुअरी २८ सम्म खुला रहने छ । प्रतियोगितामा सहभागीमध्यबाट आएको सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार रुपैयाँ पुरस्कार जित्न सक्ने र यसमा सरकारले कर काट्ने बताइएको छ ।

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्