Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु, १२ घाइते

प्रदेश नं २ स्थित झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

गएराति मेचीनगर नगरपालिका वडा नम्बर ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अरु १२ जना घाइते भएका छन् ।घाइते हुनेमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् ।

घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।
सुशीला अधिकारी डिस्चार्ज भएकी छन् । आगो नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले निभाएका छन् ।

 

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्