Logo
२० जेष्ठ २०८१, आईतबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भने : पार्टीलाई एक ढिक्का बनाउन सबै कार्यकर्ताको सहयोग आवश्यक छ

नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउन देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताएका छन्।

धरान-२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताए बताएका हुन् । ।

प्रधानमन्त्री देउवाले भने, ‘नेपाली काँग्रेसका कार्यकर्ताहरु एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब काँग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’

यस लगत्तै प्रम देउवाले धरान सहरको १२१औँ वर्ष पुगेको अवसरमा आयोजित धरान दिवसको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि आजै प्रधानमन्त्री देउवाले फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्