Logo
२७ आश्विन २०८१, आईतबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेशम चौधरीका समर्थक दल दर्ता गर्न पुगे निर्वाचन आयोग

रेशम चौधरीका समर्थक दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि रेशम चौधरीका समर्थकहरु निर्वाचन आयोगमा पुगेका हुन् ।

सो पार्टीका नेता-कार्यकर्ताहरु चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् ।

उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् । र्‍यालीमा चौधरीकी श्रीमतीसमेत छिन् ।

टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्