Logo
२ जेष्ठ २०८१, बुधबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुडानका प्रधानमन्त्री हमदोकद्वारा सैन्य कूको एक हप्तापछि राजीनामा

सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामाको घोषणा गरेका छन् ।हमदोकले सेनासँग एक विवादास्पद सम्झौतापछि आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

सुडानको सेनाले अघिल्लो वर्ष अक्टोबरमा सत्तामाथि कब्जा जमाएको थियो र हमदोकलाई नजरबन्द गरिएको थियो तर यो सैन्य कूपछि प्रधानमन्त्री हमदोक र सेनाबीच सत्ताको साझेदारीको विषयमा सम्झौता भयो, त्यसपछि उनलाई बहाल गरिएको थियो ।

यो सम्झौता सेनाको दखलको विषयमा सर्वसाधारणले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी, सेना र राजनेताबीच भएको यो सम्झौतालाई खारेज गर्दै देशमा पूर्ण रुपमा नागरिक शासन लागू गर्न माग उठिरहेको छ ।

अब्दुल्ला हमदोकले राजीनामा दिएको दोस्रो दिन पनि प्रदर्शन भयो जसमा कम्तिमा दुईजना मारिए । एक टेलिभिजन सम्बोधनमा हमदोकले भने, ‘सुडान एउटा यस्तो खतरनाक मोडमा थियो जसका कारण यसको पूरा अस्तित्वलाई खतरा थियो ।’

उनले थपे, ‘मैले देशलाई बर्बादितर्फ धकेल्न रोक्ने पुरा कोसिस गरे । सहमतिसम्म पुग्नका लागि जे गर्नुपर्दथ्यो, मैले गरे तर त्यति हुँदा हुँदै पनि यस्तो हुन सकेन ।’

यस्तै उनी भन्छन्, ‘मैले जिम्मेवारी सुम्पिने र प्रधानमन्त्रीको रुपमा आफ्नो राजीनामाको घोषणा गर्ने निर्णय गरेको छु र कोही अन्य महिला र पुरुषलाई देश चलाउने मौका दिइरहेको छु । सत्ताको यो हस्तान्तरणमा मलाई सहयोग गर्नुहोस् ।’

सत्ताको यो सम्झौताको उद्देश्य देशलाई लोकतान्त्रिक शासनतर्फ लैजाने बताइँदै छ ।अघिल्लो वर्ष नोभेम्बरमा हमदोक र सेनाबीच भएको सम्झौता अन्तर्गत प्रधानमन्त्री चुनाव हुञ्जेलसम्म टेक्नोक्रेटको मन्त्रीमण्डलको नेतृत्व गर्नेछन् तर नयाँ सरकारसँग कति शक्ति हुनेछ भनेर स्पष्ट छैन । प्रदर्शनकारीका अनुसार उनीहरुलाई सेनामाथि विश्वास छैन ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्