Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाल्पाको लघुवामा मलामी चढेको बस दुर्घटना, ७ जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित पाल्पाको लघुवामा बस दुर्घटना भएको छ ।

बिहान बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको हार्थोक प्रहरी चौकी पाल्पाले जनाएको छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट झरेको प्रहरीले जनाएको छ ।

करिब ३५ जना मलामी सवार थिए । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्