Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री नोरा फतेहीलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री नोरा फतेहीलाई कोरोना पुष्टि भएको छ ।

अभिनेत्री फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको बताएकी छिन् । उनी अहिले क्वारेन्टिाइनमा बसेकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा नोराले भनेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । म डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा छु । स्वस्थ्य रहनुहोला, सबैले मास्क लगाउनुहोला । यो चाँडो भन्दा चाँडो फैलिने र सबैलाई विभिन्न तरिकाले असर गरिरहेको हुन्छ । सचेत रहनुहोला संक्रमण सबैलाई हुनसक्छ । म अहिले निको भइरहरेको छु । आफ्नो स्वास्थ्य भन्दा अरु केही महत्वपूर्ण हुदैन ।’

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्