Logo
१५ चैत्र २०८०, बिहीबार
(December 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

आज बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी शून्य भएका कारण अवतरण र उडान हुन सकेका छैनन् ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ ।

कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुई वटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ ।

यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति: Dec 31, 2021

प्रतिक्रिया दिनुहोस्