Logo
२ जेष्ठ २०८१, बुधबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिलीमा सडक दुर्घटनामा परी ९ जनाको मृत्यु, दुई गम्भीर घाइते

मध्य चिलीको ओुहिगिन्स क्षेत्रको प्युमो सहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको थियो ।

ओुहिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठुलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किँदा उक्त दुर्घटना भएको हो ।घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए।

हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको , प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् ।

दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ ।चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्