Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडमा यी ५ कलाकार जुन अनेक रोगबाट छन् पीडित !

हामीले सोच्ने गर्छौं कलाकारको जीवन कति आनन्द छ भनेर अनि आफ्नो पनि उनीहरुको जस्तै जीवन भइदिए कति खुसि हुन्थ्यो होला भनेर पनि कहिले काही सोच्ने गर्छौ ।

त्यस्तै बलिउडका कलाकार फिल्मको पर्दा वा फिल्म बाहिर जति हंसमुख देखिन्छन्, भित्र उनीहरूको पीडा अर्कै छ । लामो समयसम्म सुटिङ गर्ने र जिममा लगातार पसिना बगाउने यी कलाकारहरू लामो समयदेखि अनेकखालका रोगबाट पीडित छन् ।

उनीहरूमा लागेको रोगबारे कमै दर्शकलाई थाहा होला । बलिउडका पाँच कलाकारहरू यस्तै गम्भीर रोगबाट पीडित छन् । अभिनेत्री सोनम कपुर डायबिटीजबाट पीडित छिन् ।

‘देशी गर्ल’ प्रियंका चोपडा पाँच वर्षको उमेरबाटै दमबाट पीडित छिन् । उनले सामाजिक सञ्जालबाट आफ्नो रोगबारे खुलासा गरिसकेकी छन् ।

युवा अवस्थादेखि नै सोनम यो रोगसँग जुधिरहेकी छन् । त्यहीकारण आफूलाई फिट बनाउन उनी योगाका अलावा मेडिकेसन गरिरहेकी छन् ।

सलमान पनि गम्भीर बिरामीसँग जुधिरहेका छन् । उनलाई ट्राइजेमिनल न्यूरेल्जिया छ । यो रोगले बिरामीको नशामा असहनीय पीडा दिन्छ ।

जसकारण अनुहारदेखि दिमागसम्म दुखाइ हुन्छ ।एक्सन हिरो अजय देवगनलाई टेनिस एल्बो छ । कैयौं पटक सुटिङको समयमा उनले यसको दुखाइको सामना गरेका छन् ।

यहीकारण उनले कतिपय अवस्थामा सुटिङसमेत गर्न पाएका छैनन् ।अभिनेत्री अनुष्का शर्मा बल्जिंग डिस्कबाट पीडित छिन् । यो हड्डी सम्बन्धीको रोग हो ।

यसमा दुखाइको पीडा हड्डीबाट सुरु हुन्छ र विस्तारै शरीरका विभिन्न अंगमा पुग्छ ।

 

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्