Logo
७ बैशाख २०८१, शुक्रबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज गुरुङ समुदायले हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदै

आज पुष १५ गते गुरुङ समुदायले हर्षोल्लासको साथ तमु ल्होसार पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो ।

ल्होसारले किसानी जीवनशैली तथा मौसम र प्रकृतिको निकटता प्रतिविम्बित गरेको हुन्छ । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् ।

यी १२ महिना जनावरको नामले नामाकरण गरिएको हुन्छ । गुरुङ समुदायले आजबाट गाई वर्षलाई विदा गरेर बाघ वर्षलाई स्वागत गर्दैछन् ।

यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।

ल्होसार नेपालमा मात्र होइन, तिब्बत, भुटान, भारत, म्यानमार, अमेरिका, अष्ट्रेलिया, बेलायतलगायतका देशमा छरिएर रहेका तमु समुदायले भव्यताका साथ मनाउने गर्छन् ।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्