Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सहमतिकै आधारमा एमसिसी अघि बढाउनुपर्छ : उपेन्द्र यादव

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ भनेका छन् ।

पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

यादवले भने,’ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।’
अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्