Logo
३० असार २०८२, सोमबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तह (तृतीय श्रेणी) १३ हजार ९३ जना शिक्षकको विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

वाग्मतीमा २ हजार ५ सय २३, प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ ।

त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले  online.tsc.gov.np/  मा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्