लोसपाका अध्यक्ष महन्थले छलफलका लागि बोलाए असन्तुष्ट पक्षलाई
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले छलफलका लागि पार्टीका असन्तुष्ट पक्षलाई बोलाएका छन् ।
पार्टी कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी ठाकुरले मंगलबार छलफलका लागि बोलाएका हुन् ।
पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै पार्टीको कार्यकर्ता तथा नेताहरु आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।
उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बोलाएको आन्दोलनकारी संजय सिंहले बताए ।
पछिल्लो समय अध्यक्ष ठाकुरले विभिन्न जिल्ला तथा प्रदेशमा गरेका मनोनयहरु प्रति पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले विरोध गर्दै आइरहेका थिए ।