Logo
२७ आश्विन २०८१, आईतबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

न्यायलयको विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी परेको छ ।

बृहत् नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

उजुरी पत्रमा लेखिएको छ, ‘हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारबाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबन्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको प्रमुख माग राख्दै नेपाल बार एसोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्