Logo
२३ आश्विन २०८१, बुधबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा गाडी तोडफोड

प्रदेश नं २ स्थित सिराहामा बन्द उल्लंघन गरेको भन्दै जनमत पाटिका अध्यक्ष सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । उनीहरूले बन्द उल्लंघन गरेको आरोपमा मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।

औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आज बन्द आह्वान गरेको छ ।

मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको बताइएको छ ।

गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये, एक जनालाई पक्राउ गरेको छ । यसको विरोधमा जनमत पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्