Logo
५ जेष्ठ २०८१, शनिबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सुस्मिता सेन र १५ बर्ष कान्छा ब्वाईफ्रेण्ड रोहमनको ब्रेकअफ

बलिउड अभिनेत्री सुस्मिता सेनको ब्रेक अफ भएको छ । रोहमन शाल र सुस्मिता सेनको प्रमेको अन्त्य भएको छ । उनले इन्स्टाग्राममा जारी एक सन्देशमा उनले हैरान बनाउने घोषणा गरेकी छिन् ।

यो कुरा सुस्मिता आफैले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । बिहिबार एउटा तस्बिर पोष्ट गर्दै सुस्मिताले लेखेकी छिन्, ‘हामी साथीबाट सुरु भयौं, साथी नै रह्यौं । सम्बन्ध धेरै पुरानो भैसकेको थियो । मायाँ बाँकी छ । अब कुनै अनुमान छैन, बाच्नुहोस् र बाँच्न दिनुहोस, सुनौलो सम्झनाहरु । कृतज्ञता, माया, मित्रता, धेरै मिठो प्रेम साथी ।’

हिजो बिहान रोहमले सुस्मिताको घरबाट समान लिएर निस्किएको दाबी गरेका थिए । अहिले उनी साथीको घरमा छन् । तर,केही दिन अघिसम्म सबै कुरा ठिकठाक देखिन्थ्यो ।

सुस्मिताको ४६ औ जन्मदिनमा रोहमनले पनि उनलाई शुभकामना दिएका छन् । सुस्मिता सेन विगत साढे दुई बर्षदेखि रोहमनसँग डेट गरिरहेकी थिइन् । रोहमन र सुस्मिताको उमेरमा १५ बर्षको अन्तर छ ।

सुस्मिता ४६ बर्षकी भइन् भने रोहमन ३० बर्षका छन। दुबै जना लिभ इन रिलेसनसिपमा बस्दै आएका थिए। एकल आमाका रुपमा रहेकी सुस्मिता सेन मिस युनिभर्स १९९४ प्रतियोगीताको विजेता हुन् ।

उनले यसअधि १८ बर्षको उमेरमा फेमिना मिस इन्डिया १९९४ को ताज पहिरेकी थिइन् । सेन प्रतियोगिता जित्ने पहिलो बंगाली र पहिलो भारतीय हुन् । त्यसपिछ उनले मुख्यतया बलिउड फिल्महरुमा काम गरेकी छन् ।

प्रकाशित मिति: Dec 24, 2021

प्रतिक्रिया दिनुहोस्