Logo
५ जेष्ठ २०८१, शनिबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

  नेपाली कांग्रेसको बिहिबार सम्पन्न भएको अधिवेशनमा प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै, २८ मत बदर भएको छ ।

राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो । आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो मात्रै मतदान भएको थियो ।

प्रकाशित मिति: Dec 24, 2021

प्रतिक्रिया दिनुहोस्