Logo
१७ बैशाख २०८१, सोमबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत मानिसले प्रयोग गर्छन् : राष्ट्रसंघ

अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत मानिसले प्रयोग गर्ने राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ ।

अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्तानको इतिहाससँग जोडिएको छ अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ ।

ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ ।

सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ ।काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिवान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नो आधार बनाएका थिए ।

तालिवान लडाकुले अफिमलगायतका लागू पदार्थको ओसार पसार गर्दथे । अघिल्लो सिजनमा मात्र अफगानिस्तानले ६८ हजार टन अफिम उत्पादन गरेको थियो ।

राष्ट्रसंघको लागू औषध तथा अपराध कार्यलयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ ।

अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन् ।

 

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्