Logo
१५ चैत्र २०८०, बिहीबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-१ लोकसेवा आयोगले खुलायो २७३ अप्राविधिक कर्मचारीको विज्ञापन

प्रदेश-१ लोकसेवा आयोगले २७३ अप्राविधिक कर्मचारीको विज्ञापन खुला गरेको छ । स्थानीय तहमा पदपूर्तिका लागि सहायक चौथो र पाँचौं तहका लागि विज्ञापन खुला गरेको हो ।

पुस ५ गते प्रकाशित गरेको विज्ञापनमा जम्मा २७३ कर्मचारी माग गरिएको छ । आयोगले सहायक पाँचौ तहका लागि खुला तर्फ १५१ र आन्तरिक प्रतिस्पर्धामा २२ जनाका लागि विज्ञापन खुलाएको छ ।

कृषि, भेटनरी, शिक्षा प्राविधिक, इन्जिनियरिङलगायत प्राविधिक तहका लागि विज्ञापन खुलाएको हो ।प्रशासन सहायक, लेखा सहायक, आन्तरिक लेखा परीक्षण सहायक,महिला विकास निरीक्षक, सहायक चौथोलगायत पदका लागि विज्ञापन खुलाएको हो।

सहायक चौथो तहमा एक सय कर्मचारी माग गरेको छ । यी कर्मचारी स्थानीय तहमा खटिनेछन् । पहिलो पटक खुला गरेको अप्राविधिक तर्फको विज्ञापनबाट छनोट भएका कर्मचारी स्थानीय तहमा खटिनेछन् ।

आयोगको विज्ञापन अनलाइनबाट भर्न सकिनेछ ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्