Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०२१ मा लन्च भएका यी १० चर्चित कार, नेपाल आउन अझै ६ वटा मोडल बाँकी!

सन् २०२१ मा विश्व भरनै कोरोना दोस्रो लहर आएर विश्वको अर्थतन्त्रलाई प्रभाव पार्यो । कोरोनाको प्रभावको बावजुद पनि अटोमोवाइल कम्पनीहरुले निरन्तर कारको नयाँ मोडल बजारमा ल्याउन छौडेनन् ।

उनीहरुले आफ्नो ग्राहकलाई नयाँ नयाँ प्रविधियुक्त कार बजारमा ल्याइ ग्राहकालाई सुविधा दिन पछि परेनन् त्यसैले विभिन्न कम्पनिहरुले यो बर्ष अर्थात सन् २०२१ मा भारतमा थुपै्र ब्रान्डले नयाँ मोडलका कारहरु लन्च गरेका छन् ।

लन्च भएका यी कारमध्ये १० वटा मोडल निकै नै लोकप्रिय र चर्चित बने । जसमा सबैभन्दा बढी कम्प्याक्ट र मिड साइज एसयुभी सेग्मेन्ट अन्तर्गत रहेका छन् ।

यो बर्ष रेनोले लन्च गरेको काइगर, टाटाको सफारी र पन्च, हुन्डाइकोे अल्काजार र आई २० आई लाइन, स्कोडाको कुशाक, फक्सवागको टाइगुन, महिन्द्राको एक्सयभुी ७००, एमजीको एस्टर र मारुतीसुजुकको सेकेन्ड जेनेरशेन सेलेरियो सबैभन्दा बढी चर्चामा रहे ।

यी १० कारमध्ये रेनो काइगर, टाटा सफारी, स्कोड कुशाक र फक्सवागन टाइगुन नेपाली बजारमा भित्रिएका छन् भने बाँकी ६ वटा मोडल नेपाल आउन सकिरहेका छैनन् । जसमध्ये टाटा पन्च र मारुती सुजुकी सेलेरियो अबको केही समयभित्रै लन्च हुने आधिकारिक बिक्रेताहरुले बताएका छन् ।

सुजुकीको आधिकारिक बितरक सिजी मोटो कर्पले सेलेरियोको मूल्य नै निर्धारण गरेर बुकिङ खुल्ला गरिसकेको छ । यो कार २०२२ को सुरुवाती दिनमा नेपालमा औपचारिक लन्च गरिने संभावना देखिएको छ । अन्य मोडलको नेपाल आउने मिती भने हालसम्म तय भैसकेको छैन ।नेपाल अटो 

 

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्