Logo
१३ बैशाख २०८१, बिहीबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ समूह प्रधानमन्त्री कप क्रिकेटमा विजेता बन्दै सेमिफाइनलमा

प्रदेश नम्बर १ ‘प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता’ को समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।

आज मंगलबार धनगढीको फाप्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई ६७ रनले हराउँदै प्रदेश १ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

प्रदेश एकले दिएको एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले नौ विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो । उसका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ प्रदेश एककी रुबिना क्षेत्रीले तीन र अलिसा खडियाले दुई विकेट लिए ।

आज पराजित भएको लुम्बिनी पनि समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ । अहिले समूह ‘ए’ कै वाग्मती र कर्णाली प्रदेश खेलिरहेका छन् । दुवै टोली बाहिरिसकेका छन् ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्