Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी परियोजना अघि बढाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

एमसीसी परियोजना पासका लागि जनस्तरबाट नै विरोध भइरहेको बेलामा गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको बताएका छन् । साथै उनले एमसीसी परियोजना अघि बढ्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताएका हुन् ।

उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।’

यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताए ।

 

 

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्