Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

यसअघिको संसद्को बैठक प्रमुख प्रतिपक्ष पाटी नेकपा एमालेले अवरोध गर्दै आएको छ । आज बस्ने संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी एमालेले चल्न दिने नदिने भन्नेमा कौतुहल्ता कायमै छ ।

एमालेले दोस्रो पटक संसद पुर्नस्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।

तर, सभामुख सापकोटा भने नेपाल लगायतका सांसदहरुलाई कारबाहीको सूचना टास्न तयार छैन् । पूर्व एमाले सांसद भएपनि हाल उनले नयाँ पार्टी एकिकृत समाजवादी गठन गरिसकेका छन् ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्