Logo
२२ बैशाख २०८१, शनिबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा २० उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस {सूचीसहित}

सरकारले २० उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका दुइ जना गरेर २० जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

सहसचिवमा रिक्त पदमा कार्यक्षमताको आधारमा एक सय ८० जना उम्मेदवारबाट उनिहरुको नाम बढुवाका लागि सिफारिस भएको बढुवा समितिले जनाएको छ ।

उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछानेको बढुवा गरिएको हो ।

यस्तै लेखा परीक्षण सेवाका उपसचिव पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठ सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी गर्न सक्नेछन् । यदि कोहि कसैको उजुरी नपरेको खण्डमा २० जना नै मन्त्रिपरिषद्को बैठकबाट सहसचिवमा बढुवा हुनेछन् ।

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्