Logo
२३ आश्विन २०८१, बुधबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले संसदको गतिरोध अन्त्यका लागि पहिला हाम्रो अध्यक्ष ओलीसँग वार्ता गर्नुपर्छ : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले पहिला विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका छन् ।

उनले राष्ट्रिय विषय र संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका हुन् ।

गृह जिल्ला इलाममा रहेका नेम्वाङले बाटो बाटोमै जन्माइएका राजनीतिक दल नामका समूह भेला पारेर गरिने सर्वदलीय बैठकमा एमाले सहभागी हुन नसक्ने समेत बताएका छन् ।

नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यू यति गम्भीर हुनुहुन्छ भने उहाँले हाम्रो अध्यक्षसँग कुरा गर्नुपर्छ । एमसिसी हुन् कि अरु विषय हुन् सर्वदलीय बैठक भनेर एमालेलाई बोलाउँदैमा जाने हुँदैन । पहिले प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

नेम्वाङले सर्वदलीय बैठकमा बोलाएको भनेर औपचारिकता पूरा गर्न मात्र अहिलेका गतिविधि भइरहेको भन्दै यसमा एमाले सहभागी नहुने बताए ।

प्रधानमन्त्री अहिलेको गतिरोध अन्त्यका लागि इच्छुक नै नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्