Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल इन्फिल्डले २०२२ मा यी ५ नयाँ मोडलका मोटरसाइकल लन्च गर्ने

क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले सन् २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल लन्च गर्ने भएको छ । जसमा स्क्र्याम ४११ देखी नयाँ बुलटे ३५० सम्म रहने बताइएको छ ।

यीमध्ये केही बाइकहरुको तस्बिर भारतीय संचारमध्यममा लिक समेत भैसकेको छ ।

स्क्र्याम ४११
रोयल इन्फिल्ड हिमायलयनमा आधारित यो मोडल स्क्र्याम्बलर सेग्मेन्टको हुनेछ । जसमा यसअघिको हिमालयनमा दिइएकै ४११ सिसी इन्जिन जडान गरिनेछ ।

यो बाइकको अधिकतम पावर २४.३१ पिएस र टर्क ३२ एनएम रहनेछ । यसमा मेटियोर ३५० मा दिइएको इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध गराइने भएको छ ।

६५० क्रुजर
२०२१ को एक्मा मोटर शोमा प्रदर्शन गरिएको एसजी ६५० कन्सेप्टमा आधारित यो बाइकलाई अहिले कम्पनीले भारतको बिभिन्न सडकमा परिक्षण गरिरहेको छ । यसमा इन्टरसेप्टर र कन्टिनेन्टल ६५० मा दिइएको पावरट्रेन उपलब्ध हुनेछ ।

६५० रोडस्टर
६५० क्रुजरसंगै रोड टेस्ट भैरहेको यो मोडलका बारेमा भने बिस्तृत बिबरणहरु वाहिरीसकेका छैनन् । ६५० सिसी क्षमताको यो बाइकमा समेत इन्टरसेप्टर र कन्टिनेन्टल ६५० मा दिइएको पावरट्रेन उपलब्ध हुने अनुमान लगाइएको छ ।

नयाँ जेनेरेशनको बुलेट ३५०
रोयल इन्फिल्डको निकै नै लोकप्रिय मोडल बुलेटको नयाँ जेनेरेशनलाई कम्पनीले पुनः बजारमा उतार्ने तयारी थालेको छ । यो बाइक हालको क्लासिक ३५० कै प्लेटफर्ममा तयार हुनेछ ।

जसको पावरट्रैन समेत एकै प्रकारको हुनेछ । यसमो अधिकतम पावर २०.२१ पिएस र टर्क २७ एनएम रहनेछ ।

हन्टर
३५० सिसी क्षमताको यो मोटरसाइकललाई समेत कम्पनीले अहिले रोड टेस्ट गरिरहेको छ । यो मोटरसाइकलमा कम्पनीले क्लासिक र मेटियोर ३५० मा दिइएको पावरटे«न उपलब्ध गराउने भएको छ ।

यसको डिजाइने भने एकदमै साधरण र क्लासिक रहने बताइएको छ । नेपाल अटो

 

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्