Logo
२६ असार २०८२, बिहीबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेखर कोइरालाले भने : ‘चुनावमा अपवित्र गठजोड भएर पराजित भए पनि हामीले राजनीति जित्यौँ’

नेपाली नेपाली कांग्रेसका सभापति पदमा पराजित भएका नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड रहेको तर चुनावमा पराजित भएपनि राजनीति भने जितेको जिकिर गरेका छन् ।

उनले आफूलाई मत दिने सबै प्रतिनिधिलाई धन्यवाद दिँदै सभापतिमा निर्वाचित शेरबहादुर देउवा र अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ।’

विज्ञप्तिमा कोइरालाले भनेका छन, ‘आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् । ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले काँग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं’।’उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’

उनले पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् । ‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीको १४ औँ महाधिवेशनको प्रतिस्पर्धा पार्टी भित्र यथास्थितिवादी र परिवर्तनकारी बीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।’

उनले अब काँग्रेसलाई एक ढिक्का बनाएर चुनाव जानुपर्नेमा पनि उनले जोड दिएका छन् ।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्