Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान प्रचण्ड देउवालाई भेट्न पुगेका हुन् । उनीहरूबीच राजदूतहरुको नियुक्ति र अन्य समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

साथै देउवा कांग्रेस सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको हो।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्